काठमाडौं । सिन्धुलीबाट सम्पर्कविहीन भएका १६ जना पोखरामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छुट्टाछुट्टै घरमा बसेकाे अवस्थामा १६ जना भेटिएका हुन् ।
उनीहरूसँग सोछपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
प्रहरीका अनुसार उर्मिला हायूकी छोरा नविन विकले साउन १० गते राति १ बजेतिर सबै परिवारलाई मधेश प्रदेश ०५–००१ज.००८१ नम्बरको ईभी भ्यानमा राखेर पोखरा लगेका थिए ।
उनीहरू खनियाँखर्क–सिन्धुली–हेटौंडा–मुग्लिन हुँदै पोखरा पुगेका थिए । १० गते राति पोखरा लेकसाइडको होटल जननीमा बसेका उनीहरु भोलिपल्ट ११ गते चेकआउट गरी बाहिरिएका थिए ।
त्यसपछि उनीहरुमध्येका १२ जना पोखरा महानगरपालिका–३० का स्थानीय सोमनाथ पौडेलको घरमा र बाँकी ४ जना सोही ठाउँका चन्द्र भण्डारीको घरमा शरण लिन पुगेका थिए । उनीहरुले सिन्धुलीकाे घरमा बस्दा बिरामी भइरहने भएका कारण घर छाडेकाे बताएका छन् ।
यी हुन् भेटिएकाहरु :
उर्मिला हायू
अस्मिता हायू
लाल बहादुर हायू
ओम कुमारी हायू
कमला हायू
सान्ता हायू
बेग बहादुर हायू
अर्जुन हायू
कोमल माया हायू
राजु हायू
लक्की हायू
रियासा हायू
उषा हायू
हिमाल हायू
सुवर्ण हायू
पूर्ण हायू
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)