विराटनगर । कर्मचारीसँग क्यूआर कोडमार्फत घुस मागेको गम्भीर आरोप लागेका कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि छानबिन गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ । आइतबारकाे प्रदेशसभा बैठकमा मन्त्री मण्डलले क्युआर काेड विवादमा आफ्नाे संलग्नता नभएकाे बताउँदै प्रमाण भए पेश गर्न चुनाैती दिएका थिए । साेमबार नेकपा माओवादी केन्द्रले छानविन माग गरेकाे हाे ।
मन्त्री मण्डलले प्रदेशसभामा आफ्नो संलग्नता अस्वीकार गर्दै आफ्ना सहयोगीलाई समेत घुमाउरो पारामा चिन्न अस्वीकार गरेका छन् । मन्त्री मण्डलका सहयोगी अमृत मेहताले कर्मचारीहरूलाई पठाएको क्यूआर कोड सार्वजनिक भएपछि यो विवाद सतहमा आएको थियाे । मेहताले मन्त्रीको निजी सचिवको रूपमा काम गर्दै आएका थिए, यद्यपि उनको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति भने भाइ सन्तोष मेहताको नाममा थियो । घुस मागेको विवाद बाहिरिएसँगै अमृत मन्त्रालयमा देखिएका छैनन् ।
आइतबार प्रदेशसभा बैठकमा बोल्दै मन्त्री मण्डलले आफूमाथि लागेको आरोप अस्वीकार गरे। उनले भने, ‘बजारमा आएको समाचारमा देखिएको क्यूआर कोड कसको हो, के प्रयोजनका लागि, कसलाई, किन पठाइएको हो, यो विषयमा मेरो कुनै संलग्नता छैन।’ उनले उक्त क्यूआर कोड पठाउने व्यक्ति आफ्नो सचिवालयको सदस्य नभएको दाबी गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गरे । आफ्नो बचाउ गर्दै मन्त्रीले प्रश्न गरे,’कुनै व्यक्तिले क्यूआर कोड पठाएको विषयमा मलाई जोड्न मिल्छरु यो प्रकरणमा मलाई घोर अन्याय भएको छैन ?’
उनले आफू वा आफ्नो सचिवालयले रकम मागेको कुनै प्रमाण भए ल्याउन चुनौती दिए । यद्यपि, मन्त्रीले संकटको बेला आफ्नै सहयोगीलाई नचिन्ने शैलीमा प्रस्तुत भएको भन्दै उनको भनाइप्रति विश्वास गर्ने आधार नभएको कांग्रेस संसदीय दलको स्रोतले बताएको छ । स्रोतका अनुसार मन्त्रीको अनुमतिबिना सचिवालयका कर्मचारीले यस्तो कदम चाल्ने आँट गर्दैनन् ।
छानबिनको माग
मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रले छानबिनको माग गरेको छ । सोमबारको प्रदेशसभा बैठकमा माओवादी सांसद गणेश उप्रेतीले भने, ‘कुनै पनि चोरले मैले चोरेको हुँ भनेर स्वीकारेको इतिहास छैन । भ्रष्टाचार भएको छ, तर मेरो नम्बरबाट भएको छैन भनेर उहाँले भन्नुभयो । प्रश्न उठिसकेपछि यसको अनुसन्धान हुनुपर्छ कि पर्दैन ?’
उनले मन्त्रीले घुमाउरो पारामा घटना स्वीकार गरेको दाबी गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाको मौनतामाथि पनि प्रश्न उठाए ।
उप्रेतीले भने,’फ्ना मन्त्रीहरूको खुलेआम घुस र भ्रष्टाचारका प्रकरण उठिरहँदा पनि मुख्यमन्त्री आनन्द मानेर बसिरहनुभएको छ। यो सरकारको जवाफ आउनुपर्छ कि पर्दैन ?’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)