गोसाइँकुण्डमा बेपत्ता माेरङका दुई युवककाे शव भेटियो

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा बेपत्ता भएका मोरङका दुई युवकको शव फेला परेको छ ।

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार बेपत्ता भएका विराटनगर महानगरपालिका ३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११  लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपानको शव फेला परेका हो ।

उनीहरु दाजुभाइ (मामा फुपुको छोरा) हुन् । उनीहरुको शव आज बिहान १० बजे फेला परेको हो ।

मृत भेटिएका दुइ भाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको दाजु विवेक मिश्रले जानकारी दिए । उनका अनुसार मनोज काठमाडौं बस्दै आएका थिए । विराटनगर स्थित घरमा बस्दै आएका सुजन केही दिनअघि काठमाडौं गएका थिए । काठमाडौंबाट साथीभाइसँग उनीहरु साउन १० गते गोसाइँकुण्ड गएका थिए । गोसाइँकुण्डमा स्थान गर्ने क्रममा आइतबार दुई जना बेपत्ता भएका थिए ।

प्रकाशित मिति: सोमबार, १३ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.