मेची राजमार्ग र तमोर करिडोरसहित चार राजमार्ग अवरुद्ध

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण मेची राजमार्गसहित देशभरका ४ राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण बाढी आउँदा तमोर करिडोरको पाँचथर–धनकुटा र मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध भएको  हाे ।

बाढीका कारण मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हेवा खोलाको बाढीले डाइभर्सनको सतह पार गरेपछि आइबार मध्यरातदेखि सडक अवरुद्ध भएको हो ।

तमोर करिडोरमा पर्ने नावा खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

हेवा खोलामा भएको अवरोध पानीको सतह घटनासाथ डाइभर्सन मर्मत गरेर खुलाइने सडक डिभिजन इलामले जनाएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोकै कारण अवरुद्ध भएको हो ।

जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग पूर्णरूपमा बन्द भएको छ । माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, १३ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.