काठमाडौं । कुकुरलाई पनि गर्भनिरोधक सङ्गिनी सुई लगाइने गरेको पाइएको छ । महिलाले लगाउने गर्भनिरोधक सङ्गिनी सुई कुकुरमा लगाइने गरेको पाइएको हो ।
पशु अधिकारको दृष्टिकोणले यो कार्य अपराध हो । तर सजिलोका लागि यसको प्रयोग बढिरहेको छ ।
औषधी पसलमा सहजै पाइने र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा यसको प्रयोग बढेको हो, जसको कारणले कुकुरमा पाठेघर र क्यान्सरसम्बन्धी जटिल समस्या देखिन थालेको पशु स्वास्थ्यकर्मीले उल्लेख गरेका छन् ।
काठमाडौं उपत्यकामा प्रत्येक १० घरमध्ये एक घरमा कुकुर पालिएको तथ्याङ्क छ । अज्ञानता र पशु प्राविधिकको गलत सल्लाहले महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन तीनमहिने सङ्गिनी सुई काठमाडौँ उपत्यकासँगै देशका प्रमुख सहरका कुकुर (पोथी कुकुर)लाई लगाउने गरेको केन्द्रीय रेफरल पशु चिकित्सालयका डाक्टर प्रकाश अधिकारीले बताए ।
अस्पतालमा दैनिक उपचारका लागि ल्याइने कुकुरमध्ये धेरैमा पाठेघरको समस्या देखिएको र त्यो सङ्गिनी सुईको असर भएको उनको दाबी छ । पछिल्लो समय सङ्गिनी सुईको दुरुपयोगले समस्या बढेले बताए । सङ्गिनी सुई कुकुरधनी स्वयंले लगाउन अनुरोध गर्ने गरेको र औषधी पसलमा सहजै उपलब्ध हुने भएकाले यसको दुरुपयोग बढ्दो रहेको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)