‘क्युआर कोड’ विवादमा कोशीका मन्त्रीले सम्झिए गायक भट्टराई

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् । सचिवालयका कर्मचारी मार्फत क्युआर काेड पठार घुस मागेकाे विषय सार्वजनिक भएपछि आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले घुस मागेको कुनै प्रमाण भए ल्याउन चुनौती पनि दिए । आरोपमाथि जवाफ दिने क्रममा गायक नविन के भट्टराईलाई सम्झिए । उनले प्रदेशसभा बैठकमा नविन के भट्टराईले गाएकाे ‘खादै नखाएको विषले जिउँदै मार्याे’ बोलको गीत गाएका थिए ।

‘के क्युआर कोड मेरो मोबाइल पठाएको थियो, उनले भने, बजारमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनका लागि दिएको यो विषयमा मेरो कुनै पनि संलग्नता छैन ।’

उनले आफ्नाे क्युआर काेड नभएकाे र कसैलाई नपठाएकाे पनि दाबी गरे । तर कर्मचारीलाई सहयाेग माग्दै क्युआर काेड पठाउने अमृत मेहता उनकै सहयाेगी हुन् । सहयाेगी भएपनि सचिवालयमा भने नियुक्ति थिएन ।

शैक्षिक योग्यता कम भएका कारण मन्त्रालयमा सन्ताेष मेहताकाे नाममा नियुक्ति लिएर कामकाज भने अमृतले गर्थे । सन्ताेष उनकाे भाइ हुन् । अमृतले पार्टी र कार्यकर्ता व्यवस्थापनका लागि पैसा चाहिने भन्दै क्युआर काेड पठाएकाे राखेप छ ।

क्युआर कोड विवाद सार्वजनिक भएपछि मण्डलले मेहतालाई सचिवालयबाट हटाएका छन् । प्रदेशसभा बैठकमा जवाफ दिने क्रममा उनले क्युआर काेड पठाउने व्यक्ति आफ्नो सचिवालयमा कहिल्यै नभएको दाबी गरे ।

‘बजारमा आएको न्युजमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनको लागि, कसलाई, किन दिएको हो, यो विषयमा मेरो कुनै पनि संलग्नता छैन,’ उनले भने,‘क्युआर कोडमा उल्लिखित व्यक्ति मेरो सचिवालयको सदस्य होइनन् । निजलाई के कति कारणले क्युआर पठाइएको हो, कानुनी दायरामा झिकाई अनुसन्धान गर्नको लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’

उनले गलत विषय उठाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरे । ‘गल्ती देखाउने तर प्रमाण दिनु नपर्ने ? के क्युआर कोड मेरो मोबाइलबाट पठाएको थियो ? उनले भने,‘ आरोप आधारहीन, पूर्वाग्रही र तथ्यहीन छ ।’

प्रकाशित मिति: आइतबार, १२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.