३ हजार अंक पुगेर घट्याे नेप्से

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आज आइतबार सेयर बजार मापन परिसूचक नेप्से ३ हजार अंक पुगेर घटेको छ । ३ हजार पुगेर घट्दा अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंकले घट्याे । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएपछि बढेको बजार ३ हजार १२ अंकसम्म पुगेकाे थियाे । गत वर्ष साउन ३० गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमा थियाे । ४ वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंक पुगेको रेकर्ड छ । त्यसयता निरन्तर घटेकाे छ ।

आइतबार कारोबार रकम बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएको थियाे ।  आज २६ अर्ब ५७ करोडको काराेबार भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो ।

आजको कारोबारमा पनि हाइड्रोपावर समूह सबैभन्दा अगाडि छ । सो समूहको मात्रै ११ अर्ब ६२ करोडको कारोबार भयो । कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४३ प्रतिशत हो । विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूको कारोबार २–२ अर्बमाथिको भयो । आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो ।

प्रकाशित मिति: आइतबार, १२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.