३ हजार अंक पुगेर घट्याे नेप्से

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आज आइतबार सेयर बजार मापन परिसूचक नेप्से ३ हजार अंक पुगेर घटेको छ । ३ हजार पुगेर घट्दा अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंकले घट्याे । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएपछि बढेको बजार ३ हजार १२ अंकसम्म पुगेकाे थियाे । गत वर्ष साउन ३० गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमा थियाे । ४ वर्षअघि २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९८ अंक पुगेको रेकर्ड छ । त्यसयता निरन्तर घटेकाे छ ।

आइतबार कारोबार रकम बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएको थियाे ।  आज २६ अर्ब ५७ करोडको काराेबार भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो ।

आजको कारोबारमा पनि हाइड्रोपावर समूह सबैभन्दा अगाडि छ । सो समूहको मात्रै ११ अर्ब ६२ करोडको कारोबार भयो । कुल कारोबारमा हाइड्रोपावर समूहको हिस्सा ४३ प्रतिशत हो । विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूको कारोबार २–२ अर्बमाथिको भयो । आज ६३ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो ।

प्रकाशित मिति: आइतबार, १२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.