काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले संशोधनको माग गर्दै माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर सत्याग्रह सुरु गरेका हुन् ।
उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । छेउँमा बाँसका भाटा राखेका छन् ।
‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन् । उनलाई स्थानीय अगुवा र केही जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् ।
सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार दक्षिण गेट अगाडि सत्याग्रह सुरु गर्ने उनको योजना थियो । तर त्यहाँ निषेधित क्षेत्र तोकिएकाले उनी माइतीघर मण्डलामा बसेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)