अमेरिकामा दुर्घटनाबाट जोगियो बोइङको विमान

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ । ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो । यस क्रममा विमानको पछाडिको भागमा आगो लाग्यो ।

यो उडान मियामी जाँदै थियो ।

यो घटना अमेरिकाको समय अनुसार दिउँसो २:४५ बजे भएको थियो। विमानमा जम्मा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबैलाई आपतकालीन स्लाइड मार्फत बाहिर निकालिएको थियो ।

जुन १२ मा अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमान बोइङ कम्पनीकै थियो । बोइङ ७८७-८ विमान उडान भरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा २७० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: आइतबार, १२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.