३२ प्रतिशतले बढ्याे चिया निर्यात

Satya Sanchar सत्य सञ्चार

झापा । मेची भन्सार कार्यालयबाट चिया निर्यात वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको चिया निर्यात गरिएको छ । याे तथ्याङ्क  अघिल्लो वर्षको तुलनामा ३२.५० प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार सो अवधिमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएकाे हाे । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ३ अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको मात्र चिया निर्यात भएको थियो ।

चियामा वृद्धि भए पनि सोही अवधिमा अलैँचीको निर्यातमा भने तीन दशमलव २० प्रतिशतले गिरावट आएको छ । २०८१/८२ मा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । २०८०/८१ मा ७ अर्ब ९३ करोड ९ लाख ९० हजारकाे निर्यात भएकाे थियाे ।

अन्य वस्तुहरूमध्ये भेनियर सिटको निर्यात ७२.३० प्रतिशत, मोलासिसको निर्यात २४७.५० प्रतिशत, प्लाइउडको ७.६० प्रतिशत र फलामे पाताको १.८० प्रतिशतले बढेको छ ।

सिमेन्ट क्लिङ्करको निर्यातमा १३ प्रतिशत, अदुवामा ६०.७० प्रतिशत, अम्रिसोमा १४.९० प्रतिशत र छुर्पीमा १.०५ प्रतिशतको गिरावट आएको छ ।

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब १३ करोड ९७ लाख ५० हजार बराबरको विभिन्न वस्तु निर्यात गरेकाे थियाे ।

प्रकाशित मिति: आइतबार, १२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.