३२ प्रतिशतले बढ्याे चिया निर्यात

Satya Sanchar सत्य सञ्चार

झापा । मेची भन्सार कार्यालयबाट चिया निर्यात वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको चिया निर्यात गरिएको छ । याे तथ्याङ्क  अघिल्लो वर्षको तुलनामा ३२.५० प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार सो अवधिमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएकाे हाे । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ३ अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको मात्र चिया निर्यात भएको थियो ।

चियामा वृद्धि भए पनि सोही अवधिमा अलैँचीको निर्यातमा भने तीन दशमलव २० प्रतिशतले गिरावट आएको छ । २०८१/८२ मा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । २०८०/८१ मा ७ अर्ब ९३ करोड ९ लाख ९० हजारकाे निर्यात भएकाे थियाे ।

अन्य वस्तुहरूमध्ये भेनियर सिटको निर्यात ७२.३० प्रतिशत, मोलासिसको निर्यात २४७.५० प्रतिशत, प्लाइउडको ७.६० प्रतिशत र फलामे पाताको १.८० प्रतिशतले बढेको छ ।

सिमेन्ट क्लिङ्करको निर्यातमा १३ प्रतिशत, अदुवामा ६०.७० प्रतिशत, अम्रिसोमा १४.९० प्रतिशत र छुर्पीमा १.०५ प्रतिशतको गिरावट आएको छ ।

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब १३ करोड ९७ लाख ५० हजार बराबरको विभिन्न वस्तु निर्यात गरेकाे थियाे ।

प्रकाशित मिति: आइतबार, १२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.