भाैतिक पूर्वाधार मन्त्रालयले असुल गर्याे ४ अर्ब बेरुजु, ११३ किलोमिटर सडक कालाेपत्रे

Satya Sanchar सत्य सञ्चार

विराटनगर। आर्थिक वर्ष २०८१–०८२ काे अवधिमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ बेरुजु फछ्याैट गरेको छ । बेरुजु फछ्याैटलाई प्राथमिकतामा राखेका  भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४७७ रुपैयाँ बेरुजू फछ्यौट गरेको बताएका हुन् ।

मन्त्रालयले असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख ७८ हजार ३१६ रुपैयाँ, पेश्की बेरुजु, ३ अर्ब ६ करोड १५ लाख ४० हजार १२० रुपैयाँ र नियमित गर्नुपर्ने १ अर्ब १ करोड ९ लाख रुपैयाँ बेरुजु पर्स्योट गरेको हो ।

मन्त्रालयको कुल ५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बेरुजु थियो । जसमध्ये ६७‍.४१ प्रतिशत अर्थात् ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ फर्स्योट भएको हो ।

११३ किलोमिटर सडक, ५३८ घर बन्यो

मन्त्री भूपेन्द्र राईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष प्रदेश सरकारले ११३.८९ किलोमिटर कालाेपत्रे सडक निर्माण गरेको छ । सोही अवधिमा १७५.४९ किलोमिटर ग्राभेल भएको छ । १६.७१ किलोमिटर आरसिसि–पिसिसी ढलान र ४७.९६ किलोमिटर नयाँ ट्रयाक खुलेको छ ।

एक वर्षको अवधिमा प्रदेशमा १८ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण भएको छ । एक वर्षको अवधिमा प्रदेश सरकारको स्रोतबाट २८४ विपन्न नागरिको घर निर्माण भएको छ ।

संघीय सशर्त अनुदानबाट २५४ घर निर्माण भएको छ । प्रदेशमा गत वर्ष १३ सरकारी भवन, ६९ सामुदायिक भवन, ११ सभा हल, ४० विद्यालय पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण भएकाे छ ।

मन्त्री राईले चालु आर्थिक वर्षका सालबसाली तथा स्रोत सुनिश्चित भएका आयोजनाहरूको ठेक्का प्रक्रिया आर्थिक वर्षको पहिलो त्रैमासिकभित्रै सम्पन्न गर्ने बताए ।

विकास निर्माणको ठेक्का लिएर काम नगर्ने ३ वटा निर्माण कम्पनीलाई मन्त्रालयले कालोसूचीमा राखेको छ।

सप्तकोशी जलाधार निर्माण सेवा, विशाल होम निर्माण सेवा र नागार्जुन निल गिरी जेभीलाई कालोसूचीमा राखेको हो । पी.एन.डी. निर्माण सेवा र गाउँबेसी कन्स्ट्रक्सन पनि कालोसूचीको प्रक्रियामा छन् ।

प्रकाशित मिति: शुक्रबार, १० साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.