विराटनगर। आर्थिक वर्ष २०८१–०८२ काे अवधिमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ बेरुजु फछ्याैट गरेको छ । बेरुजु फछ्याैटलाई प्राथमिकतामा राखेका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४७७ रुपैयाँ बेरुजू फछ्यौट गरेको बताएका हुन् ।
मन्त्रालयले असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख ७८ हजार ३१६ रुपैयाँ, पेश्की बेरुजु, ३ अर्ब ६ करोड १५ लाख ४० हजार १२० रुपैयाँ र नियमित गर्नुपर्ने १ अर्ब १ करोड ९ लाख रुपैयाँ बेरुजु पर्स्योट गरेको हो ।
मन्त्रालयको कुल ५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बेरुजु थियो । जसमध्ये ६७.४१ प्रतिशत अर्थात् ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ फर्स्योट भएको हो ।
११३ किलोमिटर सडक, ५३८ घर बन्यो
मन्त्री भूपेन्द्र राईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष प्रदेश सरकारले ११३.८९ किलोमिटर कालाेपत्रे सडक निर्माण गरेको छ । सोही अवधिमा १७५.४९ किलोमिटर ग्राभेल भएको छ । १६.७१ किलोमिटर आरसिसि–पिसिसी ढलान र ४७.९६ किलोमिटर नयाँ ट्रयाक खुलेको छ ।
एक वर्षको अवधिमा प्रदेशमा १८ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण भएको छ । एक वर्षको अवधिमा प्रदेश सरकारको स्रोतबाट २८४ विपन्न नागरिको घर निर्माण भएको छ ।
संघीय सशर्त अनुदानबाट २५४ घर निर्माण भएको छ । प्रदेशमा गत वर्ष १३ सरकारी भवन, ६९ सामुदायिक भवन, ११ सभा हल, ४० विद्यालय पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण भएकाे छ ।
मन्त्री राईले चालु आर्थिक वर्षका सालबसाली तथा स्रोत सुनिश्चित भएका आयोजनाहरूको ठेक्का प्रक्रिया आर्थिक वर्षको पहिलो त्रैमासिकभित्रै सम्पन्न गर्ने बताए ।
विकास निर्माणको ठेक्का लिएर काम नगर्ने ३ वटा निर्माण कम्पनीलाई मन्त्रालयले कालोसूचीमा राखेको छ।
सप्तकोशी जलाधार निर्माण सेवा, विशाल होम निर्माण सेवा र नागार्जुन निल गिरी जेभीलाई कालोसूचीमा राखेको हो । पी.एन.डी. निर्माण सेवा र गाउँबेसी कन्स्ट्रक्सन पनि कालोसूचीको प्रक्रियामा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)