विराटनगर । सुनसरीमा प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई धम्की दिएर रकम असुली गर्ने १ जनालाई पक्राउ गरेको छ ।
‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने इनरुवा नगरपालिका–९ का ३० वर्षीय पवन मेहतालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार मेहतालाई भोक्राहा–नरसिंह गाउँपालिका–५ बाट बिहीबार साँझ पक्राउ गरिएको हो ।
मेहताले आफूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी बताउँदै विगत केही दिनदेखि सर्वसाधारणलाई धम्की दिएर रकम असुल्ने गरेको खुलेको थियाे ।
उनलाई को १५ प ८८७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले बताएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)