एक वर्षमा भित्रियो ८५ अर्ब ७४ करोडका सवारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा नेपालमा ८५ अर्ब ७४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सो मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्टपुर्जा आयात भएका हुन् ।

यसमा विद्युतीय सवारी साधनको संख्यामा उल्लेख्य छ ।  आर्थिक वर्ष २०८१–८२ मा नेपालले सवारी साधन तथा पार्टपुर्जा आयात हुँदा सरकारले ५७ अर्ब ८९ करोड रुपैयाँ राजस्व उठाएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१–८२ मा विद्युतीय सवारी साधनको आयात थोरै मात्रै वृद्धि भएको छ । आर्थिक वर्ष २०८१–८२ को एक वर्षमा १३ हजार ५७८ युनिट ईभी गाडी नेपाल भित्रिएका छन् । ती सवारीको मूल्य ३१ अर्ब ७६ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८०–८१ मा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरको ११ हजार ७०१ युनिट विद्युतीय गाडी आयात भएको थियो ।

विद्युतीय सवारी साधनको आयातबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति: बिहिबार, ०९ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.