काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा नेपालमा ८५ अर्ब ७४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सो मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्टपुर्जा आयात भएका हुन् ।
यसमा विद्युतीय सवारी साधनको संख्यामा उल्लेख्य छ । आर्थिक वर्ष २०८१–८२ मा नेपालले सवारी साधन तथा पार्टपुर्जा आयात हुँदा सरकारले ५७ अर्ब ८९ करोड रुपैयाँ राजस्व उठाएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१–८२ मा विद्युतीय सवारी साधनको आयात थोरै मात्रै वृद्धि भएको छ । आर्थिक वर्ष २०८१–८२ को एक वर्षमा १३ हजार ५७८ युनिट ईभी गाडी नेपाल भित्रिएका छन् । ती सवारीको मूल्य ३१ अर्ब ७६ करोड रुपैयाँ छ ।
आर्थिक वर्ष २०८०–८१ मा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँ बराबरको ११ हजार ७०१ युनिट विद्युतीय गाडी आयात भएको थियो ।
विद्युतीय सवारी साधनको आयातबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)