पाँचथरमा बाँदर धपाउन कर्मचारी नियुक्त

Satya Sanchar सत्य सञ्चार

फिदिम । बाँदर धपाउन पाँचथरको कुम्मायक गाउँपालिका–१ ले स्वयंसेवक कर्मचारी नियुक्त गरेको छ । वडा कार्यालयले बाँदर हेरालु कर्मचारी नियुक्त गरेको हो ।

कृषकको अन्नबाली जोगाउन तथा बाँदरको समस्या समाधानका लागि यसअघि विभिन्न उपाय अवलम्बन गरिएको थियो । तर, समस्याको समाधान नभएपछि हेरालु कर्मचारी नियुक्त गरिएको हो ।

वडाको बजेटबाट ९ वटा वडामा १ जनाका दरले ९ जना बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्रकुमार लावतीले जानकारी दिए ।

बाँदर आतंकले किसानको उठिबास लाग्ने अवस्था आएपछि कृषकको मागका आधारमा स्वयंसेवक अर्थात बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडा अध्यक्ष लावतीको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, ०९ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.