विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय वृद्धको हत्या भएको छ । बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ ।
घरायसी जग्गा विवादका क्रममा बुधबार बिहान मोहम्मद रियाजले बाबु सचिव अन्सारीको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अन्सारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बाबुको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)