काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै दुवै पार्टीका सांसदहरूले बैठक अवरोध गरे ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद विन्दवासिनी कंसाकारलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारसँग माग गरिन् । उनले भिजिट भिसाको नाममा मानव तस्करी जारी रहेको भन्दै सरकारले नदेखेको बताइन् । उनले सरकारमा रहेका मन्त्रीका ३२ लाख अडियो बाहिर आउँदा पनि सरकारले नदेखेको आरोप लगाइन् ।
त्यसपछि बोलेका राप्रपाका सांसद राजेन्द्र लिङ्देनले मन्त्रीहरूमा कसले बढी कमाउने, कसले बढी भ्रष्टाचार गर्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको बताए । उनले अडियो बाहिर आएका मन्त्रीहरूमाथि छानबिन हुनुपर्ने बताए । त्यसपछि रास्वपा र राप्रपाका सांसदले संसद् बहिष्कार गर्दै बाहिरिएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)