काठमाडौं । नेकपा एमालेले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचितलाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैंका लागि निवृत्त हुने गरी वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ ।
विद्या भण्डारीलाई पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा विधान संशोधन लागि प्रस्ताव गरिएको हो ।
यो प्रस्ताव पारित भए विद्या भण्डारीलाई एमालेको राजनीतिमा आउन कठिन हुनेछ ।
राज्य सञ्चालनको लागि नभई नहुने केही शीर्ष नेतृत्वबाहेक पार्टीको टिकटमा निर्वाचित हुने जनप्रतिनिधिलाई निश्चित समयपछि ‘कुलिङ पिरियड’को व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि बैठकमा गरिएको छ ।
उमेर हद, कार्यकाल र अन्य विषयमा पार्टी सचिवालय र पोलिटब्यूरोको प्रस्तावलाई नै समर्थन गरिने प्रस्ताव छ ।
जबजको वैचारिक, दार्शनिक र प्राज्ञिक उन्नयनका लागि मौजुदा मदन भण्डारी फाउन्डेसनकको विज्ञ र वुध्दिजीवी सम्मिलित केन्द्रीय संरचना व्यवस्थित गर्ने प्रस्ताव छ । यसैगरी पार्टी कमिटी र जनवर्गीय संगठनजस्ता देखिने हालका अरू सबै संरचना खारेज गर्ने प्रस्ताव उल्लेख छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)