काठमाडौं । सेयर बजार ८०.९७ अंकले बढेको छ । मंगलबारकाे वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत २ भदौयताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो ।
आज २३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढ्याे ।
बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढ्याे ।
बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बजारको यो आकार हालसम्मकै उच्च हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)