सात अर्ब ६७ करोड अलैँची र चार अर्ब २१ करोडकाे चिया निर्यात

Satya Sanchar सत्य सञ्चार

झापा  । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१–८२ मा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्य बराबरको ४२ लाख ९४ हजार ५५० किलोग्राम अलैँची निर्यात भएको जनाएको छ । मेची भन्सार कार्यालयका अनुसार निर्यात भएका मुख्य दश वस्तु मध्ये ‘अलैँची’ शीर्ष स्थानमा छ ।

पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा अलैँचीको उत्पादन हुन्छ । पहाडी जिल्लामा उत्पादित अलैँची प्रशोधित गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात गरिन्छ ।

अलैँचीपछि सर्वाधिक निर्यात भएका दश वस्तुमा फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर पत्ती, मोलासिस, अदुवा र सिमेन्टको क्लिङ्कर रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।

गत आवमा  चार अर्ब ४२ करोड २७ लाख ७२ हजार मूल्य बराबरको तीन करोड ८२ लाख ७१ हजार ८९७ केजी फलामे पाता निर्यात भएको छ । सर्वाधिक निर्यात हुने तेस्रो वस्तुमा चिया रहेको छ ।

चिया, अलैँची र अदुवा पूर्वी नेपालको नगदे कृषि उत्पादन हुन् । झापा, इलाम र पाँचथरलगायत जिल्ला चियाखेतीका लागि प्रख्यात छन् ।

सोही अवधिमा यही नाका भएर चार अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको एक करोड ५४ लाख १६ हजार ७५७ केजी चिया निर्यात भएको छ ।

आव २०८०–८१ को तुलनामा गत आवमा चियाको निर्यात ३२ दशमलव ५ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । आव २०८०र८१ मा यहाँबाट रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको एक करोड ३४ लाख ६६ हजार ३६ केजी चिया निर्यात गरिएको थियो ।

चियापछि सर्वाधिक निर्यात हुने वस्तुमा प्लाइउड रहेको छ । गत आवमा रु तीन अर्ब ३२ करोड ८९ लाख ९९ हजार बराबरको प्लाइउड निर्यात भएको छ ।

छुर्पी यस नाकाबाट सर्वाधिक निर्यात हुने वस्तुमा पाँचौँ स्थानमा रहेको छ । दूधबाट बन्ने छुर्पी तेस्रो मुलुकमा कुकुर वा बिरालोको खानाको रूपमा निर्यात हुने गरेको छ । गत आवमा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको आठ लाख १५ हजार ५०५ केजी छुर्पी निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

यहाँबाट निर्यात हुने वस्तुको छैटौँ अम्लिसो, सातौँमा भेनियर पत्ती, आठौँमा मोलासिस, नवौँमा अदुवा र दशौँमा सिमेन्टको क्लिङ्कर रहेको छ ।

गत एक वर्षमा यस नाकाबाट रु ९५ करोड ६६ लाख ७५ हजारको अम्लिसो, रु ९४ करोड ५६ लाख ६० हजारको भेनियर पत्ति, रु ५१ करोड एक लाख ७३ हजारको मोलासिस, रु २९ करोड ६० लाख ९१ हजारको अदुवा र रु २८ करोड ४१ लाख आठ हजारको क्लिङ्कर निर्यात भएको जनाइएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०७ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.