माेरङमा एक वर्षमा २८ हजारले लिए नागरिकता, ९८ जनाले परित्याग गरे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०८१–८२ को एक वर्षको अवधिमा २८ हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वंशजका आधारमा २७ हजार १ सय २१ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । १ हजार १ सय २३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । जिल्लामा २६ हजार ४ सय २६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

१ वर्षको अवधिमा ९८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । ८ जनाको नागरिकता रद्द भएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि ७८ हजार ६ सय ८८ जनाको विवरण दर्ता भएको छ । २६ हजार ९ सय २५ जनालाई परिचयपत्र वितरण भइसकेको छ ।

१ वर्षको अवधिमा ३१ हजार १ सय ६१ वटा राहदानी लिएका छन् ।

गत आर्थिक वर्षमा कार्यालयमा ४ सय ७७ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ३ सय ६० वटा मुद्दा फछ्र्यौट भएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, ०७ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.