विराटनगर । ७ वर्षीया भतिजीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले बाँचुन्जेल कैद सजाय सुनाएको छ ।
मोरङको धनपालथान गाउँपालिका – ५ का २२ वर्षीय अनिष सरदारलाई थुनछेक बहसपछि जिल्ला अदालत मोरङले बाँचुन्जेलको कैद सजाय सुनाएको हो ।
उनले गत असार १४ गते राति भतिजी ७ वर्षीया आत्तिकाको जवरजस्ती करणीपछि हत्या गरी घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव राखेका थिए ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अनिषविरुद्ध मुद्दा दर्ता गरेको थियो । सोमबार बयानपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसकै दिन न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनिषलाई जन्मकैद (जीवित रहेसम्म) कैद सजाय हुने फैसला सुनाएको अदालतका स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिए ।
उनका अनुसार अदालतमा बयानका क्रममा आरोपीले कसुर स्वीकार गरेपछि थुनछेक बहस लगतै मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम फैसला भएको हो । अदालतले अनिषलाई ७ लाख रूपैयाँ जरिबाना र मृतकका परिवारलाई क्षतिपूर्तिबापत १ लाख रूपैयाँ भराउने फैसला पनि गरेकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)