‘डार्क फाइल’ अडियो प्रकरण दोषी राजकुमार तिम्सिना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् ।

फेक अडियो प्रकरणमा सर्वोच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतबार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो । सर्वोच्चको फैसलापछि उनी फरार थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी–५ पचरुकीमा महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ गरेका थिए । पक्राउ परिसकेपछि मात्रै उनको वास्तविक परिचय खुलेको हो ।

उनका अनुसार तिम्सिनाले सुरुमा आफ्नो नाम र ठेगाना लुकाएका थिए । ‘सुरुमा घर इलाम र थर खड्का भन्थे, नाम पनि अर्कै भने, परिचय पत्र मागेर सोधीखोजी गर्दा वास्तविक परिचय खुल्यो,’ डिएसपी भण्डारीले भने, ‘सर्वोच्चको फैसलाका कारण उहाँलाई नियन्त्रणमा राखेका छौं ।’

तिम्सिनालाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको उनले बताए ।

सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार इटहरी ५ पचरुकी चोकमा दुई महिलाबीच लेनदेनको विवाद थियो । विवाद भएको सूचनापछि पुगेको प्रहरीले घटनास्थलमा तिम्सिनालाई पनि भेटेको थियो ।

दुई महिलाबीचको विवादमा उनी पनि जोडिएपछि पक्राउ गरी प्रहरी कार्यालय ल्याएको थियो । कार्यालयमा पनि उनी फरार अभियुक्त हुन् भन्ने खुलेको थिएन । परिचय पत्र हेरेपछि मात्रै फरार अभियुक्त भएको खुलेको थियो । गोदाबरी १० ललितपुर ठेगाना भएका तिम्सिना सर्वोच्चको फैसला पछि पर्व क्षेत्रमा थिए । प्रहरीसँगको बयानमा उनले आफू धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, ०६ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.