काठमाडौं । दक्षिण एसियाली महिला फुटबलको प्रतिष्ठित प्रतियोगिता यू–२० साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीच सोमबार साँझ निर्णायक भिडन्त हुँदैछ।
ढाकास्थित बंगलाबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ। नेपालले उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने बाध्यता छ भने घरेलु टोली बंगलादेशलाई बराबरी गरे पनि उपाधि जित्न पुग्नेछ।
दुवै टोलीले हालसम्म ५–५ खेल खेल्दा बंगलादेश अपराजित रहँदै शीर्ष स्थानमा छ भने नेपाल एक हारसहित दोस्रो स्थानमा छ। नेपालका लागि यो खेल केवल उपाधिको मात्र नभएर विगत ३ वर्षदेखिको पदक खडेरी अन्त्य गर्ने अवसर पनि हो।
सन् २०२२ मा यू–१५ उपाधि जितेपछि नेपाली महिला टोलीले अर्को स्वर्ण जित्न सकेको छैन। टिमका प्रशिक्षक यमप्रसाद गुरुङले रणनीतिक रूपमा केही परिवर्तनसहित बंगलादेशविरुद्ध आक्रामक ढंगले खेल्ने बताएका छन्।
कप्तान बिर्सना चौधरीको नेतृत्वमा रहेको नेपाली टोलीमा पूर्णिमा राई र मीना देउवाजस्ता उच्च फर्ममा रहेका खेलाडी छन् । सशक्त महिला खेलाडीले भरिपूर्ण नेपाली टिमले खेललाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)