बालककाे पेटबाट चिकित्सकले निकाले कैंची

Satya Sanchar सत्य सञ्चार

विराटनगर । १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरी निकालेका हुन् ।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार  असार १७  गते भर्ना भएका बालकको ल्याप्रोसकोपी विधीबाट शल्यक्रिया गरी पेट भित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि सामान्य अवस्थामा आएका बालक घर फर्किएको उनले बताए ।

घरमा टिभी हेर्ने क्रममा कैंची अड्किएपछि आफन्तले स्थानीय अस्पताल हुँदै नोबेलमा भर्ना गरेका थिए । गम्भीर अवस्थामा भर्ना भएका उनको ल्याप्रोस्कोपिक सर्जन डा अमित भट्टराई र डाक्टर दिनेश अधिकारीको टिमले शल्यक्रिया गरी कैची निकालेको हो ।

ढल्किएर टिभी हेर्दै मुखमा कैंची खेलाइ रहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो । बालकले कैंची अड्कियो भन्दै कराएपछि आफन्तले निकाल्न खोज्दा कैंची अझ भित्र पसेको थियो । नोबेल आइपुग्दा  पेटमा कैंची पुगिसकेको थियो ।

प्रकाशित मिति: आइतबार, ०५ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.