आलमलाई सफाइ दिने उच्चकाे फैसलाविरुद्ध सर्वाेच्चमा निवेदन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालत पुगेको छ ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले पुनरावेदनमा गएको पुष्टि गरे ।

गत १४ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलगायत ज्यान मुद्दाका सबै आरोपितहरूलाई सफाइ दिने फैसला गरेको थियो । उच्चको फैसला उल्टाएर जन्मकैदको मागसहित महान्यायाधिवक्ताको कार्यालयले सर्वाेच्चमा निवेदन दर्ता गरेको हो । ‘उच्च अदालतबाट सफाइ पाएका सबै आरोपितहरूलाई पुनः कानुनको यरामा ल्याइयोस् र पीडित पक्षलाई न्याय मिलोस्,’ पुनरावेदन निवेदनमा भनिएको छ ।

आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विष्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोप लागेको थियो ।

प्रकाशित मिति: शुक्रबार, ०३ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.