प्रधानमन्त्री केपी शर्मा ओली काठमाडाैं । नेकपा (एमाले) सचिवालय बैठकले ७० बर्से उमेरहद नराख्ने प्रस्ताव अनुमोदन गरेको छ ।
बिहीबार अबेर रातिसम्म चलेको बैठकले पार्टीको कार्यकारी कमिटीमा उमेरहद हटाउने प्रस्ताव अनुमाेदन गरेकाे हाे ।
उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन पेस गर्दै ७० बर्से उमेरहद नराख्ने प्रावधान प्रस्तुत गरेका थिए । सचिवालयले त्यसलाई अनुमोदन गरेको एक पदाधिकारीले बताए । त्यस्तै एमाले सचिवालय बैठकले लगातार अध्यक्षलगायत कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न पाइने प्रावधान पनि अनुमोदन गरेको छ।
७० बर्से उमेरहद २०८० जेठमा स्थगित गरिएको थियो। लगत्तै बसेको केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गरेको थियो।
आगामी विधान महाधिवेशनमा ७० बर्से उमेर हद र कार्यकाल नराख्ने गरी अहिले विधानमा भइरहेको व्यवस्था नै लैजाने गरी एमाले सचिवालयले प्रावधान अनुमोदन गरेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)