जसपाले समर्थन फिर्ता लिदा गुम्याे सरकारकाे दुई तिहाइ बहुमत, राष्ट्रियसभामा अल्पमत

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भूमि विधेयकप्रति असन्तुष्टि जनाउदै जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकारकाे दुई तिहाइ बहुमत गुमेकाे छ ।

बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । जसपाले समर्थन फिर्ता लिएपछि सरकारको दुई तिहाइ गुमेको छ । राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा परेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाली कांग्रेस, नेकपा एमाले सहित ७ राजनीतिक दलका १८८ जना सांसदले समर्थन दिएका थिए । यो प्रतिनिधिसभाको दुई तिहाइ हो ।

तर, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि दुई तिहाइ बहुमत गुमेको हो ।

३ सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै सत्तारुढ दल राष्ट्रिय सभामा अल्पमतमा परेको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ । सरकारमा रहेको अर्को दल लोसपासँग एक सिट छ ।

विपक्षमा रहेको माओवादी केन्द्रसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ ।

प्रकाशित मिति: बिहिबार, ०२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.