कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई ‘प्रथम सेवा बिन्दु’काे अनुमति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरकाे कोशी अस्पताल र धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘प्रथम सेवा बिन्दु’कै रुपमा सेवा प्रवाहकाे अनुमति दिएकाे छ ।

बोर्डले असार १९ गतेको बैठकबाट साउन १ गतेदेखि यी २ स्वास्थ्य संस्था ‘रेफरल सेन्टर’ मात्र हुने निर्णय गरेकाे थियाे । तर निर्णयकाे विरोध भएपछि उक्त निर्णय फिर्ता भएको हो । बुधबार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दुवै संस्थालाई असोज मसान्तसम्मका लागि ‘प्रथम सेवा बिन्दु’ र ‘रेफरल सेन्टर’का रूपमा निरन्तरता दिने निर्णय गरेको हो ।

बोर्डको असार १९ को निर्णयले स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक अभियन्ता र सेवाग्राहीबीच गम्भीर असन्तोष सिर्जना गरेको थियो । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा फरवर्ड सिलवालका अनुसार, स्वास्थ्य मन्त्रालयमार्फत दबाब सिर्जना भएपछि बिमा बोर्डले पुरानो निर्णय सच्याएर नयाँ निर्णय पठाएको हो ।

उक्त निर्णयसँगै अस्पतालमा पुनः बिमा योजनाअन्तर्गत ‘प्रथम सेवा विन्दु’को सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: बिहिबार, ०२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.