माेरङ । मोरङको मिक्लाजुङमा तीन पाङ्ग्रे अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान प्र १–०२–००३ ह ३५९५ नम्बरको अटोको ठक्करबाट पैदल यात्री मिक्लाजुङ गाउँपालिका– ६ जनजाती चोकका ५२ वर्षीय अमृत मगरको मृत्यु भएको हो ।
घर नजिकै बाटोमा लडिरहेको अवस्थामा आफन्तले फेला पारी उनलाई अरनिको अस्पताल उर्लाबारी हुँदै बिराट टिचिङ अस्पताल भर्ना गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई अटोले ठक्कर दिएको खुलेको छ । ठक्कर दिने अटाे चालक फरार छन् । प्रहरीले अटो चालक मिक्लाजुङ गाउँपालिका– ६ का २५ वर्षीय रोशन लिम्बुको खोजी गरिरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)