विराटनगर । गत असार २६ गते विराटनगर महानगरपालिका– ६ का पोखरेल थरका व्यक्तीलाई राष्ट्रीय बाणिज्य बैंकको कर्मचारी हुँ भन्दै फोन आयो । असार मसान्तमा बैंक खाता रिन्युका लागि फोन गरेको बताएपछि उनले मोबाइलमा आएको ओटिपी (वान टाइप पासवर्ड) दिए ।
चार अंकको पिन नम्बर दिए लगतै उनको खाताबाट २ लाख ५० हजार रुपैयाँ निकालिएको म्यासेज आयो । बैंक पुगेर बुझ्दा आफू ठगिएको थाहा पाएपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङमा पुगे ।
असार २६ गते बिहीबार ठगिने उनी पहिलो थिएनन् । सोही दिन बैंक खाता रिन्यु र केवाइसी अपडेटका नाममा ठगिएको भन्दै ९ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।
कुमारी, नबिल, एनएमबी, प्रभु, सनराइज, एनआइसी एसिया, राष्ट्रीय वाणिज्य बैंकको खााताबाट आफ्नो रकम निकालिएको भन्दै ९ जनाले दिएको उजुरीमा २१ लाख १५ हजार ३२० रुपैयाँ ठगिएको उल्लेख छ ।
प्रहरीका अनुसार बिहीबार परेका ९ वटा उजुरीमा ठगिएको प्याटन एउटै छ । बैंक खाता भेरिफिकेशन, रिन्यू र केवाइसी अपडेटका लागि भन्दै फोन गरेर ओटिपी मागेर ठगी भएको छ । ठगीमा प्रयोग भएको फोन नम्बर सोही दिनदेखि बन्द छ ।
असार २० गते इसेवाको केवाइसी अपडेटका लागि भन्दै फोन गरेर एक व्यक्तीले विराटनगर – ८ का चौधरी थरका व्यक्तीलाई फोन गरेर एक व्यक्तीले मोबाइलमा आएको नम्बर मागे । ट्रु कलरमा हेर्दा इ सेवाको लोगो देखेपछि उनले ओटिपी दिए । लगतै खातामा भएको ४६ हजार रुपैयाँ झिकियो । असार १९ गते विराटनगर ८ का बस्नेत थरका व्यक्तीलाई एकान्ट भेरिफिकेशनका लागि इसेवाबाट फोन गरेको भन्दै ओटिपी मागेर खातामा भएको ३७ हजार ८०० रुपैयाँ रकम झिकियो ।
जिल्ला प्रहरी कार्यालय मोरङमा ठगिएको भन्दै दैनिक उजुरी पुग्ने गरेको छ । यसरी ठगिनेमा व्यवसायी र पढेलेखेका व्यक्तीहरु छन् । अनलाइन ठगीको क्लु नभेटेका कारण प्रहरी आफै अलमलमा छ ।
मोरङ प्रहरीको तथ्याङ्क अनुसार असारमा मात्रै ३८ जनाले अनलाइन ठगी भएको भन्दै उजुरी दिएका छन् । उनीहरुको खाताबाट ३७ लाख ३६ हजार ३९० रुपैयाँ झिकिएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ३३९ वटा अनलाइन ठगीको उजुरी परेको छ । ३३९ जनाबाट गिरोहले ७ करोड ५८ लाख २१ हजार २४५ रुपैयाँ ठगी गरेको छ ।
प्रहरीका अनुसार अनलाइन जागिर दिने, सामग्री खरिद बिक्री, लगानी र खाता रिन्यु र केवाइसी अपडेटको नाममा ठगी भएको देखिन्छ । प्रहरी कार्यालयमा एकै व्यक्तीबाट ७ हजार ५२० रुपैयाँदेखि ६० लाखसम्म ठगी भएको उजुरी छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडाल अनलाइन ठगी बढ्दो छ । नेपाल बाहिरबाट गिरोहले नेपालमै भएका व्यक्तीको खाता दुरुपयोग गरी ठगी गरिरहेको छ । उनका अनुसार पैसा झिकिएको खाताबाट विभिन्न व्यक्तीको खाता हुँदै बाहिरबाट पैसा निकालेको देखिन्छ । उनका अनुसार ठगी गर्ने गिरोह नेपालको सीमावर्ती क्षेत्रमा सक्रिय छ ।
‘विभिन्न व्यक्तीलाई प्रलोभनमा पारी उनीहरुको खाता प्रयोग गरेर पैसा निकालेको देखिन्छ,’ उनले भनिन्,‘ हामीले अनुसन्धान गरिरहेका छौं ।’ उनका अनुसार यसरी ठगिएको पैसा भारतबाट एटिएम मार्फत निकालेको देखिन्छ ।
प्रविधिको प्रयोग मार्फत अपराध भएका कारण प्रहरीलाई अनुसन्धान गर्न पनि गाह्रो भइरहेको छ । ‘अनलाइन ठगीका धेरै माध्ययमहरु छन्, यसमा नागरिक आफै पनि सचेत हुनुपर्छ,’ उनले भनिन्,‘ अनलाइन ठगी ग्लोबल समस्या हो ।’ उनले आफ्नो खाताको विवरण तथा आउने म्यासेज कसैलाई नदिन पनि आग्रह गरिन् ।
बैंकका कर्मचारीले सिधै ओटिपी नम्बर नमाग्ने भएका कारण कसैले ओटिपी मागे नदिन प्रहरीले आग्रह गरेको छ । ओटिपी नम्बर नदिएसम्म पैसा निकाल्न नसक्ने बताउँदै प्रहरीले अनलाइन गफ गर्दा स्कृृन सेयर नगर्न पनि आग्रह गरेको छ ।
कसरी पाउँछन् जानकारी ?
प्रहरीमा परेको उजुरीको रेकर्ड हेर्दा पैसा भएको खाता र व्यावसायीसँगै गृहेणी महिलालाई तार्गेट गरिएको छ । ठगी गर्ने गिरोहसम्म बैंकमा कर्मचारी मार्फत नै सूचना पुग्ने आशंका प्रहरीको छ ।
‘पैसा भएको खाता छानीछानी ह्याक गरेर पैसा निकालेको छ, व्यक्तीको खातामा पैसा कति छ भन्ने जानकारी बैंककै कर्मचारी मार्फत ह्याकरसम्म पुग्छ,’प्रहरी स्रोत भन्छ,‘ नत्र कुन खातामा पैसा छ भन्ने जानकारी ह्याकरलाई सहजै हुँदैन ।’ बैंक खाता र अन्य वालेटमा पनि छानीछानी ठगी गरिरहेका छन् ।
डिएसपी चुडाल भने गिरोहले रेकी गरी ठगी गर्ने गरेका कारण बैंकका कर्मचारी नजोडिएको बताउँछिन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)