नाबालिकाको डिम्ब बिक्रीको विषय अनुसन्धान गर्दै प्रहरी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । दुई जना नाबालिकाको डिम्ब बिक्री गरेको घटना बाहिर आएपछि प्रहरीले अनुसन्धान सुुरु गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको हो ।

सिआइबीले काठमाडौंको बबरमहलमा रहेको होप फर्टिलिटी एन्ड डायगोनिस्टिक प्रालिका चिकित्सकसहित ५ जनामाथि अनुसन्धान गरिरहेको छ ।

सिआइबी प्रवक्ता एसपी युवराज खड्काका अनुसार दुई जना नाबालिकाका अभिभावकले डिम्ब बिक्री गरेको भनेर जाहेरी दिएका छन् ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को (थ) अनुसार सिआइबीले अनुसन्धान गरिरहेको एसपी खड्काले बताए। ‘औषधि वा अन्य कुनै परीक्षणको लागि बालबालिकालाई प्रयोग गरेको’ कसुरमा सिआइबीले अनुसन्धान गरिरहेको हो ।

प्रहरी स्रोतका अनुसार ती बालिकालाई कम्पनीले प्रतिव्‍यक्ति १० हजार रूपैयाँ दिएर डिम्ब झिकिएको थियो। बालिकाको परिवारले थाहा पाएर प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: मङ्गलबार, ३१ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.