दमकमा बालक मृत भेटिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको दमकमा हराइरहेका बालक मृत फेला परेका छन् । दमक नगरपालिका–९ का सुमन धिमालका छोरा ११ वर्षीय रमन धिमाल मृत फेला परेका हुन् ।

रमन साथीहरुसँग खेल्न जान्छु भनेर सोमबार घरबाट हिँडेका थिए । फर्किएर नआएपछि आफन्तले खोजी गर्ने क्रममा मंगलबार बिहान दमक–९ सानुअर्ना खाडीस्थित बेतेनी र भुत्रे खोलाको दोभानमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरदेखि करिब ९ सय मिटर पश्चिमको खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

दमक अस्पतालमा पोस्टमार्टम गरेर शव अभिभावकलाई जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३१ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.