विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिकामा नग्न अवस्थामा फेला परेकी किशोरीको पहिचान गर्न समस्या भएको छ ।
शनिबार दिउँसो मोरङको बूढीगंगा गाउँपालिका– ६ कोयलपुरस्थित सुनसरी माेरङ सिचाई आयाेजनाकाे शाखा नहरनजिकको घारीमा किशोरीको शव फेला परेको थियो । अन्दाजी २० वर्षको जस्तो देखिने शवको अझै पहिचान नखुलेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ । प्रहरीले अनुहार चिन्न नसकिने भएका कारण किशोरीले लगाएको कपडा र हातको बाला, चिम्टी मार्फत पहिचानको प्रयास गरिरहेको छ ।
प्रहरीका स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा किशोरीको बलात्कारपछि हत्या भएको देखिन्छ ।
शरीर माथिको भित्री बस्त्र मात्रै लगाएको अवस्थामा फेला परेको शवको दायाँ बाया उनले लगाएको कपडा चप्पल र चिम्टी फेला परेको थियो ।
हेर्दा तराई मुलको जस्तो देखिने किशोरीको बलात्कारपछि हत्या गरेको जस्तो देखिएको प्रहरी स्रोत बताउँछ । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,‘ शरीरमा कपडा छैन, किरा परेका कारण अनुहार पनि चिन्न सक्ने अवस्थामा छैन ।’
आसपास दुर्घन्ध फैलिएपछि स्थानीयले हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार लगाएको कपडा र चप्पल हेर्दा किशोरी धेरै टाढाको जस्तो देखिदैन । तर मानिस हराएका भन्दै कोही प्रहरी समक्ष पुगेका पनि छैनन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)