सुन्दरहरैँचामा एक दर्जन ढुकुर जोडीलाई सम्मान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले १२ दम्पतीलाई सम्मान गरेको छ । हरेक वडाबाट १–१ गरी वर्षका उत्कृष्ट १२ दम्पती (ढुकुर जोडी)लाई आइतबार सम्मान गरेको हो ।

पालिकाले यसअघि प्रेमको प्रतिक मानिने ढुकुरको नाममा उत्कृष्ट जोडी खोज्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आवेदन दिएका ४८ जोडीमध्ये हरेक वडाबाट १–१ जोडी गरी १२ जोडीलाई ढुकुर जोडी घोषणा गर्दै नगद १० हजार र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

उनीहरुको विवरण एक वर्षसम्म वडा कार्यालयहरुमा राखिनेछ ।

नगरपालिकाले सुन्दरहरैँचा–१ बाट केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, वडा नम्बर २ बाट सचिदानन्द साह र संगीताकुमारी गुप्ता, ३ बाट ध्रुव निरौला र अनु दाहाल, ४ बाट डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल र ५ बाट वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल, सुन्दरहरैँचा–६ बाट बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे, ७ बाट बलिराम चौधरी र फुलोदेवी चौधरीलाई ढुकुर जोडी घोषणा गर्याे ।

सुन्दरहरैँचा– ८ बाट खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, ९ बाट योगराज कार्की र हिमकुमारी कार्की, १० बाट बौद्वबहादुर दाहाल र कल्याणी खड्का दाहाल, ११ बाट वेदकुमार खवास र केसवती खवास तथा १२ बाट अम्बरबहादुर मगर र ताराकुमारी मगर दम्पतीलाई उत्कृष्ट जोडी घोषणा गर्दै सम्मान गरेको हो । उत्कृष्ट जोडी खोज्न नगरपालिकाले १२ वटा मापदण्ड बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, २९ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.