विराटनगर । प्रहरीले विराटनगरबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
ब्राउन सुगरसहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादव पक्राउ परेका छन् ।
उनीहरुको साथमा रहेको को ३० प ४१० नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।
प्रहरीका अनुसार पवनले रोशनलाई भारतबाट ब्राउन सुगर ल्याइदिएको हुनसक्छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)