इनरुवामा पति-पत्नी मृत भेटिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको इनरुवामा पति पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुस्राे घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।

सवेताको शव भने ओछ्यानमा फेला परेको छ । उनका अनुसार सुकदेवकाे शरिर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीकाे शव भने सुतिरहेकाे अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेकाे उनले बताए ।

आइतबार बिहान करिब ९ बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति: आइतबार, २९ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.