माेरङकाे कटहरीमा एक ट्रक गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । माेरङकाे कटहरीमा बन्दकोपी लोड गरिएको ट्रकमा ३ हजार १ सय ५० किलो गाँजा बरामद भएको छ । शनिबार राति मोरङको कटहरी गाउँपालिका–३ कटहरी चोकबाट प्रहरीले बन्दाकोपी लोड गरिएको ट्रकमा ३ हजार १ सय ५० किलो गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले राति करिब १२ बजे भारत तर्फ जादै गरेको को १ ख ४५१८ नम्बरको ट्रकमा गाँजा बरामद गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार ट्रकमा १ सय ५ बोरा गाँजा फेला परेको थियो । त्यो बोरा तौल गर्दा ३ हजार १५० किलो गाँजा बरामद भएको थियो । ट्रकमा २५–१६ बाेरा बन्दाकाेपी पनि बरामद भएकाे छ । ‘बन्दाकाेपीकाे बाेराले कभर गरेर ल्याउँदै गरेकाे अवस्थामा गाँजा बरामद भएकाे हाे,’ उनले भनिन्,’कहाँबाट ल्याइदैथियाे भन्ने खुलेकाे छैन ।’

प्रहरीलाई देखेपछि बन्दकोपीको बोरा लोड गरिएको ट्रक छाडेर चालक भागेका थिए । प्रहरीले खोजी गर्दा कोपीको बोराले छोपेको अवस्थामा गाँजाको बोरा फेला परेको थियो ।

धनकुटा भाेजपुरलगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा अवैध बाटाे हुँदै भारत पुग्ने गरेकाे छ । प्रहरीका अनुसार याे गाँजा पनि भारत तर्फ लगिदैथियाे ।

मोरङबाट एकैपटक ठूलो परिमाणमा गाँजा बरामद भएको यो पहिलो घटना भएकाे प्रहरीकाे दाबी छ । गत असार २५ गते धनपालथान गाउँपालिका–१ गदिया खोलानजिकै उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद भएको थियो ।

प्रकाशित मिति: आइतबार, २९ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.