काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएपछि विवाद सुरु भएकाे छ ।
सुवेदी हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् । उनकाे नेतृत्वमा राजावादी समूहले आन्दोलन गर्दै आएको छ । असार २५ गते लिङ्देनले सुवेदीलाई हटाएपछि विवाद बढेको हो ।
लिङ्देनको कदमले राजावादी आन्दोलनमा प्रश्न उठेको राप्रपा इतर समूहको भनाइ छ ।
राप्रपाको इतर समूहको शनिबार भएको भेलाले अध्यक्षले विधान विपरीत सुवेदीलाई हटाएको निष्कर्ष निकाल्दै आइतबार बिहान साढे ११ बजे निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको थियो ।
लिङ्देनले सुवेदीलाई हटाएर पार्टी उपाध्यक्ष रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए । प्रवक्ता सगुन लावतीलाई पनि हटाएर थिए । लिङ्देनले इतर समूहका धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए ।
लिङ्देनले मनोमानी गर्न थालेपछि महामन्त्री धवलशमशेर राणाको राजधानीस्थित अपार्टमेन्टमा शनिबार असन्तुष्ट समूहको भेला भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)