विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बिनियाेजन भएकाे थियाे । जसमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । यो कुल विनियोजित रकमको ७७.२६ प्रतिशत हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हिसाब मिलान गर्नुपर्ने भएकाले खर्चको केही अंक तलमाथि हुनसक्छ ।
प्रदेशको पुँजीगततर्फ १३ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ७९.२६ प्रतिशत हो । चालुतर्फ ७५.२९ प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।
प्रदेशकाे भौतिक पूर्वाधार विकास मन्त्रालयले ११ अर्ब १९ करोड बजेटमध्ये ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेकाे छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । स्थानीय तहका लागि विनियोजित ५ अर्ब ६ करोड ८५ लाखमध्ये ४ अर्ब ८७ करोड ९४ लाख खर्च भएको छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)