धनपालथानको उखुबारीमा भेटियो २६ बोरा गाँजा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – १ मा रहेको उखुबारीबाट २६ बोरा गाँजा बरामद भएको छ । बुधबार साँझ उखुबारीमा लुकाएर राखेको अवस्थामा प्रहरीले २६ बोरा गाँजा बरामद गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार २६ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा बरामद भएको गाँजाको तौल ८ सय २ किलो रहेको छ ।

अन्यत्र पनि गाँजा लुकाएर राखिएको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीको भनाइ छ । बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

गाँजा कसले लुकाएको हो भनेर यकिन छैन । गाँजा बरामद गरेको प्रहरीले यसको धन्दामा संलग्नलाई भने नियन्त्रणमा लिन सकेको छैन । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारत कटाउनका लागि उखुबारीमा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चोकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको थियो ।

प्रकाशित मिति: बिहिबार, २६ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.