विराटनगर । मोरङको धनपालथान गाउँपालिका – १ मा रहेको उखुबारीबाट २६ बोरा गाँजा बरामद भएको छ । बुधबार साँझ उखुबारीमा लुकाएर राखेको अवस्थामा प्रहरीले २६ बोरा गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार २६ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा बरामद भएको गाँजाको तौल ८ सय २ किलो रहेको छ ।
अन्यत्र पनि गाँजा लुकाएर राखिएको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीको भनाइ छ । बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।
गाँजा कसले लुकाएको हो भनेर यकिन छैन । गाँजा बरामद गरेको प्रहरीले यसको धन्दामा संलग्नलाई भने नियन्त्रणमा लिन सकेको छैन । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारत कटाउनका लागि उखुबारीमा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चोकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)