भीम पराजुलीले फेरि उठाए हिन्दुराष्ट्रको मुद्दा

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दुराष्ट्र बनाउन माग गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले धार्मिक सहिष्णुता, समानता र बहुमत जनताको भावनालाई संवोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने माग गरेका हुन् ।

यसअघिको केन्द्रीय कमिटी बैठकमा पनि उनले पार्टीले हिन्दु राष्ट्रको मुद्दा उठाउनुपर्ने बताएका थिए ।

‘नेपालमा धार्मिक कारणले विभिन्न समस्याहरू उत्पन्न भएको हामीले अनुभुती गरिरहेका छौ । धर्म परिवर्तनको दबाब र विवादका बीच सामाजिक तनाव बढेको देखिन्छ,’ उनले भने,‘ यस्ता गतिविधिले एउटै धर्म र समुदायहरूबीच पनि अविश्वास खडा गरेको छ । धार्मिक सहिष्णुता, समानता, र सद्भावलाई कायम राख्न र बहुमत जनताको भावनालाई संवोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउन जरुरी हुन्छ ।’

सरकारबाट पार्टीलाई घाटा भयो

केन्द्रीय समितिको बैठकमा आइतबार बोलेका उनले वर्तमान सरकारबाट कांग्रेसलाई बढी घाटा भएको बताए । ‘ बारम्बार सरकार परिवर्तनले निम्ताएको समस्या समाधानमा पछिल्लो समय कांग्रेस एमालेको गठवन्धन भइरहनु देशकै लागि हितकर भएको मेरो ठम्माइ छ, यद्यपी यसका असरहरु पनि छन्,’ उनले भने,‘ ठूलो दल कांग्रेसले लाभ भन्दा हानी वेहोर्नु परेको अवस्था छ । संसद र सरकारमा हाम्रो भुमिका पनि कमजोर किन भइरहेको छ ?’

सरकारले ल्याएको बजेटमा व्यक्ती हाबी हुने गरेको उनले बताए । विकास निर्माणका सवालमा सहमतिको सरकारका नाममा नेकपा एमालेका मन्त्रीहरुले आफुखुसी वजेटहरु आफ्नो क्षेत्र लगेको देखिन्छ । यो रोग कांग्रेसमा पनि देखियो,’ उनले भने,‘ यो राम्रो पक्ष होइन । यसले समग्रमा कांग्रेसलाई कमजोर बनाउछ ।’

दुइतिहाइ सरकारका नाममा कांग्रेस निरिह रहेको उनले बताए । ‘ धेरैखाले नियुक्तिहरुमा टुलुटुलु हेर्नु परेको छ,उदाहरणका लागि पूर्वाञ्चल विश्वविद्यालयको नियुक्तिलाई लिन सकिन्छ, अन्य नियुक्तिहरुमा समेत यस्तै अवस्था छ ।’ उनले भने।

उनले प्रदेश र संघीय सरकारमा रहेपनि काम गर्न नसकेको मन्त्रीलाई फिर्ता बोलाउन माग गरे । ‘ सरकारमा नेतृत्व गरेका मन्त्रीहरु जागिरखान मात्र गएका होइनन् । काम गर्न नसक्नेहरुलाई सरकारवाट फिर्ता बोलाउनु पर्छ,’ उनले भने,‘ राम्रा कामगर्नेहरूलाई पार्टीले प्रशंसा पनि गर्नुपर्छ ।’

प्रकाशित मिति: आइतबार, २२ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.