विराटनगर । भोजपुरमा एक व्यक्तिले ससुराली घर पुगेर श्रीमतीसहित चार जनाको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानी पुगेर श्रीमती, सासु, ससुरा र सालोको हत्या गरेका हुन् ।
शनिबार राति हत्या गरेका उनले हत्यापछि प्रहरीलाई मलाई समात्न आउनु भन्दै खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए ।
त्यसपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोककुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली परिचालित भएको थियो ।
घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका श्रीमती र सालोको शव एउटै कोठामा फेला परेको थियो ।
श्रीमती र सालो ‘अन्डर एज’ भएको भन्दै नाम भने खुलाएको छैन । श्रीमती १५ वर्ष र सालो १० वर्षका छन् ।
राजेन्द्र राईलाई प्रहरीले रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पेटमा चोट छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा उनले शनिबार राति सासु आमाले चक्कुले हानेपछि चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । उनको एक वर्षअघि प्रेम विवाह भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)