विराटनगर । झापाको शिवसताक्षी नगरपालिका– ९ का कुटपिटबाट दुई युवकको मृत्यु भएको छ । संगम चोकका १५ वर्षीय आदित्य तामाङ र रोमन थापा थापाको मृत्यु भएको हो ।
केही दिनअघि ट्युसन पढेर घर फर्कने क्रममा दुधेको ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले उनीहरुमाथि कुटपिट गरेका थिए ।
प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार पहिलोपटक सामान्य कुटपिट गरेपछि ‘जा’ भनेर पठाएका थिए। तर, केही समयपछि पुनः बोलाएर सोही समूहले कुटपिट गरेको थियो ।
कुटपिटपछि आदित्यले परिवारमा घटनाबारे जानकारी गराएका थिएनन् । त्यसैले उनी अस्पताल जान ढिला भएको थियो । कुटपिट भएको भोलि पल्ट उनलाई बिएन्डसी अस्पताल लगिएको थियो । बुधबार दिउँसो उपचारकै क्रममा उनको सोही अस्पतालमा निधन भएको हो । उनलाई गत शुक्रबार दिउँसो उपचारका लागि अस्पताल लगिएको थियो।
कुटपिट घटनामा संलग्न भएको आशंकामा स्थानीय प्रहरीले हालसम्म ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ ।
आदित्यका मिल्ने साथी रोमन थापाको पनि आइतबार बिर्तामोडको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको थियो । रोमन पनि सोही ट्युसन सेन्टरमा आउँथे र आदित्यसँगै देखिन्थे । उनीमाथि पनि कुटपिट भएको बताइएको छ ।
दुवै मृतक परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)