धनकुटा । मामाघर झापाबाट आफ्नो घरतिर फर्किएका भोजपुर १ जना युवा धनकुटामा मृत फेला परेका छन् ।
भोजपुरको अरुण गाउँपालिका–७ का २७ वर्षीय सागर थापा मृत फेला परेका हुन् ।
धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार झापास्थित मावली घरबाट गत सोमबार भोजपुर आफ्नो घर फर्किएका थिए ।
घर नपुगेपछि परिवारका सदस्य र आफन्तले खोजी थालेका थिए । खोजी गर्ने क्रममा धनकुटाको पाख्रीबास नगरपालिका–५ रुपाटारस्थित खेतमा घोप्टो परेको अवस्थामा मंगलबार साँझ शव फेला परेको डीएसपी खनालले बताए ।
सागरको मृत्युको कारण यकिन भइसकेको छैन । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)