विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की ७ वर्षीय बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले कान्छा काकालाई पक्राउ गरेको छ । शनिबार बिहान अक्षय सरदारकी ७ वर्षीया छोरी आत्तिका सरदारको शव घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले काका २२ वर्षीय अनिष सरदारलाई पक्राउ गरेको हो ।
सुरुमा घटना अस्वीकार गरेका उनले पछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । पक्राउ परेकामाथि कर्तव्य ज्यान र हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जानकारी दिइन् ।
फिल्म हेरेपछि भतिजीमाथि करणी
आत्तिकाका बुबाआमा घर बनाउने मजदुर हुन् । गाउँबाट उनीहरु हरेक दिन विराटनगर कामका लागि आउँछन् । उनीहरु काममा आउँदा तीन वटा छोराछोरीको हेरचाह हजुरआमाले गर्थिन् ।
शुक्रबार आधि बेला काम गरेर अक्षय सालो(श्रीमतीको भाइ)सँग धर्म कर्मका लागि भारत कटिहारमा रहेको मनिहारी घाट गए । उनकी श्रीमती माइतीघर गइन् । दुई छोरी र एक छोरालाई आमासँग( बालिकाको हजुरआमा) पठाए । परिवारसँग छुट्टिएका अक्षयको घर आमाको घर नजिकै छ ।
प्रहरीका अनुसार अक्षयकी आमा गाउँमा मदिरा पसल चलाउँछिन् । शुक्रबार बेलुका उनले नाती नातिनीलाई सुताउनु भन्दै काका अनिषको जिम्मा लगाइन् । खानपानपछि भतिज र भतिजीलाई लिएर उनी सुत्न गए । बुबाआमा नहुँदा पहिले पनि उनले नै सुताउँथे ।
शुक्रबार बेलुका मदिरा सेवन गरेका अनिषले भतिज र भतिजी सुतेपछि मोबाइल चलाएर बसे । राति अबेरसम्म उनले अश्लिल भिडियाे हेरेको प्रहरी स्रोत बताउँछ । ‘उसको मोबाइलको हिस्ट्री हेर्दा हरेक दिन अश्लिल भिडियाे हेर्ने गरेको देखिन्छ, शुक्रबार घटना अघि पनि हेरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,‘ फिल्म हेरेपछि सुतेकी भतिजीलाई बोकेर बाहिर लगेर करणी गरेको देखिन्छ ।’
प्रहरीका अनुसार राति करणीका क्रममा बालिका चिच्याएको देखिन्छ, बालिका चिच्याएपछि उनले मुख थिचे । बालिकाले प्रतिकार गरेपछि अनिषले घाटी बटारिदिए । त्यसपछि उनको आवाज बन्द भयो, करणीपछि घटना खुल्ने डरले उनले मुख थुनेर हत्या गरिदिए । प्रहरीका अनुसार बालिकाले चिथोरेको जस्तो दाग अनिषको शरिरमा देखिन्छ । यो घटना राति १२–१ बजे तिरको हो ।
हत्यापछि राति २ देखि ३ बजेको बीचमा उनले शव बोकेर सडकको किनारमा लागेर राखेको देखिन्छ । प्रहरीका अनुसार बालिकाको शव सडकमा राखेपछि घर आएर उनले लगाएको भित्री कपडा धोएर सुकाए ।
बिहानी पख हजुरआमा आएर हेर्दा नातिनी थिइनन्, त्यसपछि गाउँमा हल्ला भयो, हल्ला हुँदा अनिषले चोरी भएको हुनसक्ने बताए । खोजी गर्ने क्रममा साढे ४ बजे शव फेला पर्याे ।
कुरा फेरिरहे
प्रहरीका अनुसार अनिषले सुरुमा हत्या स्वीकार गरेनन् । अन्य व्यक्तिको मुभमेन्ट नभएका कारण प्रहरीको शंका उनीमाथि नै थियो । आफ्नै काका भएका कारण गाउँलेले काकामाथि प्रहरीले गरेको आशंका प्रति चित्त बुझाएका थिएनन् ।
प्रहरी अनुसन्धानका क्रममा उनले बोली फेरिरहे । कहिले मैले गल्ती गरे भन्दै रोए, कहिले अरुले मार् याे भन्दै सुनाए ।
अनुसन्धानका क्रममा उनले हत्या गर्ने व्यक्तिले बलात्कारपछि हत्या गरेर शव फालेको र बलात्कार गर्दा लगाएको कपडा धोएर सुकाएको होला भन्ने कथा सुनाए । अनुसन्धानका क्रममा उनले सुनाएको कथा उनैले गरेको देखियो ।
आज बिहान उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरे । आफूबाट गल्ती भएको भन्दै पश्चातापको आशु झारे ।
आफन्त र परिवारले यो विषयलाई स्वीकार गर्न मानिरहेका छैनन । तर प्रहरीको अनुसन्धानको निष्कर्ष भने काकाले नै करणीपछि पोल खुल्ने डरले आवेशमा हत्या गरेको देखिन्छ ।
प्रमाणले पनि काकाकै संलग्नता देखिएको डिएसपी चुँडालले बताइन् । उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा काकाको संलग्नता देखिएपछि थप अनुसन्धान पनि जारी छ ।
प्रहरीका अनुसार बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक छ । ‘अनिष आफै अहिले मानसिक रूपमा विक्षिप्त छन्, गल्ती गरे भन्दैछन्,’ प्रहरी स्रोतले भन्यो,‘आफूसँगै सुतेकी नाबालिका भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेको देखिन्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)