केपी ओलीले कोट्याएको मदन भण्डारीको सहकारी विवाद के हो ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जननेता मदन भण्डारीको जन्मजयन्ती दिवसको अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई गम्भीर विषय उठाए । पहिलो सहकारी ठगीमा भण्डारीकाे नाम, दोस्रो चारवटी श्रीमती भएको हल्ला ।

प्रधानमन्त्री ओलीले मदन जोडिएको भनिएकी सहकारी ठगीको विषय उनको गृहनगर मोरङको इटहराकाे घटना हो । त्यसबेला तत्कालिन मालेका कार्यकर्ताले तत्कालिन साझा संस्था ब्रेक गरेर तेल चिनी लगेका थिए । त्यस बेला सहकारी संस्था थिएनन् । साझा संस्थाले सहकारीकाे काम गर्थ्याे ।

दशैंको समयमा साझा ब्रेक गरेर स्थानीयलाई तेल चिनी बाँडेको ब्रेकमा सहभागी एमाले नेता देवी दाहाल बताउँछन् । नक्सलवादी आन्दोलन र चारु मझुमदार चर्चा गर्दै साझाबाट समान खोसिएको थियो ।

दाहालका अनुसार साझा ब्रेक हुँदा मदन भण्डारी त्यहाँ थिएनन्, बेलुका मात्रै थाहा पाएका भण्डारीले कार्यकर्तालाई झपारे,कमरेडहरूले किन यस्तो गरेको भन्दै रिसाए । दाहालका अनुसार घटना २०३६–०३७ साल तिरको हो ।

त्यसबेला अमरदह (हाल सुनवर्षी नगरपालिका)मा रहेको साझा संस्थाले इटहरा(रतुवामाई नगरपालिका)सम्म मल बिउसँगै खाद्यान्न सामग्री बिक्री गथ्र्याे । ‘हामी २–३ सय जनाको जुलुस लिएर साझा ब्रेक गरेका थियौं, सुगाको आँप बगैँचा(बक्राहा खोला छेउमा)मा सबैलाई बाडिदियौं,’ उनले भने,‘गोदामबाट मैलै नै साथीहरुलाई चिनीको बोरा र तेलको टिन बोकाएको थिए ।’

साझा संस्था ब्रेक हुँदा मदन भण्डारी पार्टीको कामले झापा पुगेका थिए । सातमेडीको बाटो हुँदै घर आउँदा बेलुका उनले घटनाको विषयमा थाहा पाए । त्यसपछि शिव पौडेलको घरमा कार्यकर्ता भेला गरेर किन यस्तो गरेको भन्दै उनी रिसाए ।

‘राजनीतिक आन्दोलनका क्रममा साझा ब्रेक गर्ने मान्छे हामी हौं,’ उनले भने,‘ मदन भण्डारी हामीसँग धेरै रिसाउनु भयो, कमरेडहरूले गल्ती गरे, यसले पार्टीलाई अनावश्यक रुपमा क्षति हुने भो भनेर उहाँले भनेको कुरा झल्झली छ ।’

साझा ब्रेकको घटनापछि प्रहरीको सक्रियता बढ्यो । उनका अनुसार घटनापछि प्रहरीबाट कार्यकर्तालाई जोगाउन भने उनले भूमिका खेले । दाहाल भने घरबाट भागेर भारतको सिलिगुडी गएर एक महिना बसे ।

साझा ब्रेकका अगुवा मध्येका खेम पोखरेल र ओम भण्डारीलाई प्रहरीले पक्राउ गर्‍याे । ‘म सँग पनि प्रहरीको दुई पटक जम्काभेट भयो, तर नचिनेका कारण म फुत्किए,’ उनले भने,‘खेम पोखरेल र ओम भण्डारीलाई पक्राउ गरी प्रहरीले धेरै यातना दिएछ ।’

दाहाल अहिले नेकपा एमाले रतुवामाई नगरपालिका अध्यक्षको जिम्मेवारीमा छन् । जननेता भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भण्डारीमाथि लान्छना लगाउने गरी दिएको अभिव्यक्ति प्रति उनी सन्तुष्ट छैनन् ।

प्रकाशित मिति: आइतबार, १५ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.