काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने भएकाले सतर्क रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज बिहानको राति सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ ।
कास्कीको लुम्ले र आसपासको क्षेत्रमा पनि राति ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने ससाना खोला आसपासमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरु प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)