मिटरब्याज विवादमा जाेडिए कटहरीका पूर्वअध्यक्ष कामत

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कटहरी गाउँपालिका पूर्वअध्यक्ष रामकुमार कामतले २ करोड पर्ने जग्गा ८ लाख रुपैयाँमा हडपेको छन् ‍। जग्गा हडपेपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी परेको छ ।

उजुरी परेपनि उजुरीमाथि छलफल नगर्न कांग्रेस नेताहरुले दबाब दिइरहेका छन् । कामत कांग्रेस कटहरी गाउँपालिका समितिको सभापति हुन् । २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष पनि हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मिटरब्याजको उजुरी परेका कारण दुई पक्षलाई बोलाएर पटक पटक जिल्ला प्रशासनमा छलफल भएको बताए । तर छलफलमा सहमति जुटेको छैन ।

पीडितले ८ लाख रुपैयाँ ऋण लिदा आफ्नो २ करोडको जग्गा हडपेको दाबी गरेका छन् । कामतले भने निवेदकसँग नभइ अर्कैसँग जग्गा किनेको दाबी गर्दै आएका छन् ।

घटना के हाे ?

२०७१ सालमा कटहरी गाउँपालिका– २ की ५५ वर्षीय रामवती राजवंशीलाई ८ लाख रुपैयाँ चाहिएको थियो । आफ्नो ५ कठ्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिष्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रुपैयाँ लिएकी थिइन् । उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर जग्गा आफ्नो नाममा भने पाइनन् ।

लिलावतीबाट रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पुग्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा पनि कामतकै नाममा पुग्यो ।

आफ्नो जग्गा कामतको नाममा पुगेपछि रामवतीले फिर्ता मागिन् । तर कामतले फिर्ता दिएनन् । करिब २ करोड मूल्य पर्ने सो जग्गा आफ्नो नाममा आएपछि उनले रामवतीको परिवारलाई फिर्ता नदिने भन्दै हप्कीदप्की गरे ।

पीडित परिवार भने अर्काको जग्गामा बसिरहेको छ ।

१० वर्षसम्म जग्गा फिर्ता नपाएपछि पीडित परिवार २०८१ जेठमा प्रहरी कार्यालय मोरङ हुँदै जिल्ला प्रशासन कार्यालयमा पुग्यो । जिल्लामा छलफल भएपनि टुंगो नलागेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

प्रशासन स्रोतका अनुसार आफूविरुद्धको उजुरीमाथिको कारवाही प्रकृया अघि नबढाउन कांग्रेस नेता मार्फत दबाब दिइरहेका छन् ।

प्रशासन स्रोतका अनुसार दबाबका बीच गत बैशाखमा भएको छलफलमा कामतले जग्गा नलिएको दाबी गरे । कामतले डम्बरकुमारी दाहाल र सन्तोष मण्डलको नामबाट जग्गा आफ्नो नाममा लगेका हुन् ।

आफनो जग्गा लगेपछि पीडित राजवंशीका छोरा इन्द्रकुमार राजवंशीले जिल्ला अदालत मोरङमा लिखत बदरको माग गर्दै मुद्दा दिएका थिए । यो मुद्दा जिल्लामा उनले हारे ।

पीडित रामवती राजवंशीले ८ कठ्ठा जग्गा राखेर ८ लाख लिएको बताइन् । उनका अनुसार १० वर्षअघि जग्गाको मुल्याङकन प्रति कट्ठा ८ लाख रुपैया थियो,अहिले २५ लाख पुगेको छ ।

आफ्नो जग्गा धितो सार्दै रामकुमार कामतसम्म पुगेपछि फिर्ता माग्दा नपाएको बताइन् । उनका अनुसार २०७४ को निर्वाचनअघि कामतले जग्गा फिर्ता दिने बताएका थिए । तर चुनाव जितेपछि उनले फिर्ता दिएनन् । कतै उजुरी गर्न पनि दिएनन् ।

रामकुमार कामतले विचौलियाहरुले बिना कारण आफूविरुद्ध मिटर ब्याजको उजुरी दिएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, १३ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.