धरान । प्रमुख र उपप्रमुखबीच विवादका कारण धरान उपमहानगरपालिकाको बजेट अनिश्चित भएकाे छ । मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच सम्वाद टुटेका कारण बजेट अनिश्चित बनेको हो ।
श्रमदानका विषयमा असार ३ गते धरानमा मेयर र उपमेयर पक्षबीच झडपको अवस्था सृजना भएको थियो । जसको असरले गर्दा असार १० गते पालिकाको बजेट आएन । असार १० गतेभित्र बजेट ल्याउने सीमा थियो । तर, मेयर साम्पाङ र उपमेयर बेघाबीच बोलचालसमेत छैन । प्रमुख र उपप्रमुखबीचको विवादले बजेट रोकिएको हो । बजेट पास नभए साउन १ गतेदेखि धरानमा ‘बजेट होलिडे’को अवस्था सृजना हुनेछ ।
धरानको बजेट विवाद यो पहिलो भने होइन । चालु आर्थिक वर्षको बजेट ल्याउने क्रममा पनि प्रमुख र उपप्रमुखबीच विवाद भएको थियो । जसले गर्दा चालु आर्थिक वर्षको बजेट साउन ६ गते मात्रै आएको थियो ।
स्थानीय तहले १० असार भित्र बजेट प्रस्तुत गरेर असार मसान्तसम्म पास गर्नुपर्छ । धरान उपमहानगरपालिका उपप्रमुख बेघाले प्रमुख साम्पाङले छलफलका लागि समन्वयन नै नगरेको बताए । बजेट निर्माणका लागि आफू तयार रहेको बताउँदै उनले मेयर साम्पाङले बैठक नबोलाएको आरोप लगाए ।
‘बजेटको तयारी केही अघि बढेको छैन । मेयरसावले केही छलफल नै गर्नुभएको छैन । अस्तीको घटनापछि छलफल र मिटिङ भएको छैन,’ उनले भने, ‘बजेट नआउँदा साउन १ गतेबाट गाह्रो हुन्छ थाहा छ, तर, त्यो कुरा प्रमुखजीलाई पनि थाहा हुनुपर्छ । कार्यालयको तर्फबाट प्रक्रिया अघि बढाउनका लागि भनेका छौं ।’
पछिल्लो समय साम्पाङ र बेघाबीच बोलचालसमेत छैन । मेयरले बोलाएर आफू जाने बेघा बताउँछन् । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाई असार मसान्तसम्म बजेट ल्याउने प्रयास भइरहेको बताउँछन् ।
मेयर र उपमेयरबीचको विवाद समाधानका लागि प्रयास भइरहेको बताउँदै उनले भने, ‘बजेट छलफल अघि बढाउने प्रयासमा छौं ।’ धरानका प्रमुख हर्क साम्पाङसँग भने सम्पर्क हुन सकेन् ।
धरानमा राजस्व परामर्श समितिले बजेटका लागि १ अर्ब ६० करोडको बजेट सीमा दिएको थियो । अब सीमा निर्धारण समितिको बैठक बसेपछि बजेट तर्जुमा समितिले बजेट निर्माणको प्रक्रिया अघि बढाउँछ । त्यसपछि कार्यपालिका बैठकले पास गरेर बजेट नगरसभामा प्रस्तुत गर्नुपर्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)