माेरङ कारागारमा कैदीकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । जिल्ला कारागार मोरङमा लागुऔषध मुद्दाका १ जना कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका मोरङको सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मृत्यु भएको हाे ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार दर्जीको उपचारका क्रममा मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मंगलबार साँझ मृत्यु भएको हो ।

ज्वरो आउने र खुट्टा सुन्निने समस्या भएपछि दर्जीलाई उपचारका लागि गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा सम्भव नभएपछि थप उपचारका लागि असार ३ गते विराट शिक्षण अस्पताल लगिएको ढुंगेलले बताए ।

लागुऔषध मुद्दामा कसुरदार ठहर भएका दर्जी २०८१ पुस ४ गतेदेखि कारागारमा थिए । उनलाई जिल्ला अदालत मोरङले ५ वर्ष २ महिना कैद र ७ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।

प्रकाशित मिति: बुधबार, ११ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.